पीएनको सुन्दरतामा अनेरास्ववियुको सरसफाई अभियान
पाेखरा | भदौ २७, २०७९
पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले आज (सोमबार)क्याम्पस परिसरमा सरसफाई गरेको छ ।
‘‘सफा, सुन्दर अनि स्वच्छ पीएन अनेरास्ववियुको अभियान’’ भन्ने नारालाई आत्मासाथ गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले सरसफाई अभियान सञ्चालन गरेको हो ।
क्याम्पसको सुन्दरतामा थप सुन्दरता प्रदान गर्ने हेतुका साथ अनेरास्ववियुले यो अभियान सञ्चालन गरेको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले बताए ।
क्याम्पसलाई सदावहार रुपमा सफा, सुन्दर र स्वच्छ राख्नु हामि सबैको कर्तव्य हो, उनले भने, ‘यस सरसफाई अभियानबाट विद्यार्थीहरुमा सकारात्मक सन्देश पुग्ने र आगामी दिनमा हातेमालोको साथ सरसफाई अभियानामा अघि बढ्ने छन् ।’
अनेरास्ववियुले क्याम्पसको प्रवेश द्वार(गेट) देखि शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन संकाय भवन वरपर र डिलतिर सरसफाई गरेका थिए ।


काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

